काठमाडौं : नेकपा (एमाले)का स्थायी कमिटी सदस्य डा राजन भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्। भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध काठमाडौं क्षेत्र नम्बर ४ मा चुनाव लड्दै छन्।
उनले आइतवार बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन्। भट्टराई यसअघिको चुनावमा पनि सोही क्षेत्रमा गगन थापासँग पराजित भएका थिए।