
काठमाडौं : नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज तारकेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।
सो क्षेत्रबाट नेकपा एमालेले नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ।
प्रधान २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर ६ बाटै निर्वाचित भएका थिए।