काठमाडौं : मानुषी यमि भट्टराईले प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ७ बाट उम्मेदवारी दर्ता गराएकी छिन्। नेपाल समाजवादी पार्टीकी नेतृ भट्टराई सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्दैछिन्।
मानुषी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमिकी छोरी हुन्। हिसिला यमि काठमाडौं क्षेत्र नम्बर ७ बाट दुईपटक सांसद बनेकी थिइन्। हिसिलाको पुर्ख्यौली घर यही क्षेत्रमा पर्छ।
त्यस्तै, काठमाडौं ७ ‘क’मा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का बसन्त मानन्धर र ७ ‘ख’बाट नेपाली कांग्रेका सविन तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन्।