PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

एमालेले दिएन टिकट, रामवीर मानन्धरले काठमाडौं ७ मा दिए स्वतन्त्र उम्मेदवारी



पहिलोपोस्ट

एमालेले दिएन टिकट, रामवीर मानन्धरले काठमाडौं ७ मा दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं : नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनी २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।

नेकपा एमालेले यसपटक सो क्षेत्रबाट आधिकारिक उम्मेदवार घोषणा गरेको छैन। राज्यमन्त्रीबाट हटेपछि पार्टी नेतृत्वको आलोचना गर्दै आएका रामवीरलाई यसपटक एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

यो क्षेत्रमा एमालेले अप्रत्यक्ष रुपमा जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठलाई सघाउने सहमति भएको बताइन्छ।

गठबन्धनको तर्फबाट भने काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमि भट्टराई उम्मेदवार छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell