काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका सुमन सायमिले काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दर्ता गराएका छन्। ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज मनोनयन पत्र दर्ता गराएका हुन्।
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका प्रमुखमा लडेका उनी पराजित भएका थिए। उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष रहेका उनले १३ हजारभन्दा बढी मत ल्याएका थिए। त्यसबेला उनी आँखिझ्याल (तिकिझ्या) चुनाव चिह्न लिएर लडेका थिए।
प्रतिनिधिसभामा स्वतन्त्र लौरो अभियान संचालन गरेका उनी हाम्रो नेपाल पार्टीबाट उम्मेदवार बनेका हुन्। सो पार्टीको चुनाव चिह्न लौरो रहेको छ।