
काठमाडौं : लेखक युग पाठक (दिपक कुमार पाठक)ले प्रतिनिधिसभा झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।
लेखेर र विश्लेषणमात्रै गरेर नपुगेको भन्दै उनले वैचारिक र राजनीतिक हस्तक्षेप गर्न निर्वाचनमा होमिएको बताएका छन्।
झापा-५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन्। २०७४ सालको निर्वाचनमा ओली यही क्षेत्रबाट निर्वाचित भएका थिए। ओलीकोविरुद्ध सत्ता गठबन्धनले सो क्षेत्रबाट डा. खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।