PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बाबुराम र नारायणकाजीलाई साथमा राखेर प्रचण्डले गोरखा-२ गरे मनोनयन दर्ता



पहिलोपोस्ट

बाबुराम र नारायणकाजीलाई साथमा राखेर प्रचण्डले गोरखा-२ गरे मनोनयन दर्ता

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै उनले आज निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए। प्रचण्ड चितवन-३ छाडेर गोरखा-२ पुगेका हुन्।

प्रचण्डसँगै नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई पनि गोरखा पुगेका छन्। गोरखामा स्थानीय नेता कार्यकर्ताले फूलमाला र खादा लगाएर प्रचण्डको स्वागत गरेका छन्। बाबुराम र माओवादी नेता नारायणकाजी श्रेष्ठलाई दायाँबायाँ राखेर उनी मनोनयनका लागि पुगेका हुन्। २०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट बाबुराम विजयी हुदा नारायणकाजी पराजित भएका थिए।

गोरखा प्रदेशसभा २(क) मा फणीन्द्र देवकोटा (नेसपा) तथा २(ख) मा सुरेन्द्र पाण्डे ( नेपाली कांग्रेस) ले पनि मनोनयन पत्र दर्ता गराएका छन्।

गोरखा २ बाट नेकपा एमालेले केही दिनअघिमात्रै एमाले प्रवेश गरेका अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell