PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं-४ बाट गराए मनोनयन दर्ता



पहिलोपोस्ट

कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं-४ बाट गराए मनोनयन दर्ता

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन पत्र दर्ता गराएका हुन्।

२०७४ सालको निर्वाचनमा गगन यही क्षेत्रबाट निर्वाचित भएका थिए।

नेकपा एमालेले यो क्षेत्रबाट राजन भट्टराईलाई टिकट दिएको छ। २०७४ सालको निर्वाचनमा भट्टराई गगनसँग पराजित भएका थिए। यो पटक पनि फेरि राजन र गगन आमनेसामने हुने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell