
काठमाडौं : मकवानपुरमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। गठबन्धन तर्फबाट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी डिना उपाध्यायले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएकी हुन्।
मकवानवुर १ को (क) मा माओवादी केन्द्रका प्रेम बहादुर पुलामि र १ को (ख) मा नेपाली कांग्रेस तर्फका आनन्दराम पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्। मकवानपुर २ क (मा) माओवादी केन्द्रका कुमारी मोक्तान र २ (ख) मा इन्द्र बानियाँले पनि मनोनयन गराएका छन्।