PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं ६ बाट दिए उम्मेदवारी



पहिलोपोस्ट

पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं ६ बाट दिए उम्मेदवारी

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक तथा नेकपा (एमाले)का नेता सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन्। खनालले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

आज तारकेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्।

खनाल केही समय मात्रै अघि एमालेमा प्रवेश गरेका थिए। सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell