PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

मनोनयन दर्तापछि झाले भने : अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्नेछ



पहिलोपोस्ट

मनोनयन दर्तापछि झाले भने : अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्नेछ

जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल कुमार झाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, प्रदेश सभातर्फ धनुषा ३ (क)मा नेपाली कांग्रेसका रामसरोज यादव र ३ (ख)मा लोसपाका धनुषा जिल्ला अध्यक्षसमेत रहेका परमेश्वर साहले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसभातर्फ झा यसअघिको निर्वाचनमा रौतहट १ बाट विजयी भएका थिए। तर, यसपटक गठबन्धनभित्र रौतहट १ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालललाई दिने सहमति भएपछि नेता अनिल झा धनुषा ३ मा आएका हुन्।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता झाले पाँच दलीय गठबन्धनले आफूलाई उम्मेदवार बनाएर पठाएकोले आफू धनुषा ३ मा आएको बताए। उनले धनुषा ३ यसअघि लोसपा नेपालले जितेको क्षेत्र रहेकोले पनि त्यसलाई निरन्तरता दिन आफूहरुको दाबी स्वभाविक रहेको जिकिर गरे।

उनले भने, ‘जनकपुरधामलाई मधेश प्रदेशको राजधानी हामीले बनाएका हौँ। संघीयता हामीले ल्याएका हौँ। त्यसैले यहाँको राजधानीमा हाम्रा अग्रजले गर्न बाँकी रहेका कामहरु मैले पूरा गर्नुपर्ने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell