जनकपुरधाम : नेकपा (एमाले)की नेतृ एवं पूर्व मन्त्री जुलीकुमारी महतोले धनुषा ३ बाट उम्मेदवारी दर्ता गराएकी छन्। एमाले-जसपा गठबन्धनबाट महतोले धनुषा-३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।
२०७० सालको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी महतो २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। उनीसँगै धनुषा ३ (क)मा प्रदेससभाका लागि जसपाका जितेन्द्र यादव र धनुषा ३(ख)मा एमालेबाट दीपेन्द्र ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।