PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

महन्थ ठाकुरको उम्मेदवारी महोत्तरी क्षेत्र नम्बर ३ बाट



पहिलोपोस्ट

महन्थ ठाकुरको उम्मेदवारी महोत्तरी क्षेत्र नम्बर ३ बाट

जनकपुरधाम : महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।

सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको सो क्षेत्रमा लोसपा अध्यक्ष ठाकुर स्वयंले उम्मेदवारी दर्ता गराएका हुन्। यस अघि २०७४ सालको निर्वाचनमा समेत यसै क्षेत्रबाट ठाकुर जित निकालेर प्रतिनिधिसभा सदस्य बनेका थिए।

उनीसँगै महोत्तरी ३ (क)बाट लोसपाका अभिराम शर्मा र ३(ख) बाट रानी शर्मा तिवारीले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell