PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

वारिसनामामार्फत प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता



पहिलोपोस्ट

वारिसनामामार्फत प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन्। उनको तर्फबाट उनकी पत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएका हुन्। 

वारिसनामामार्फत आरजुले देउवाको उम्मेदवारी दर्ता गराएको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

उम्मेदवारी दर्ता गराउन आरजु देउवा हिजो नै डडेल्धुरा पुगेकी थिइन्। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell