PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन : रामचन्द्र पौडेल



पहिलोपोस्ट

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको निर्वाचन होइन : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन्। तनहुँको दमौलीमा मनोनयन दर्ता गराउन अगाडि आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाई रोकेर देशलाई अग्रगमनलाई लैजाने अभियान भएको बताए।

पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टाचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा सञ्चार दिन आफूहरुले चाहेको बताए।

पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए।

उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो। म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु। म यही प्रण गरेको छु।’

पौडेलले गाँउमा सबै विकासका पूर्वाधार बनाउदा पनि गाँउमा नै बस्ने वातावरण अझै बन्न नसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell