PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

अष्टलक्ष्मी 'आउट' भएपछि काठमाडौं-८ मा सुन्दर राजवैद्यले पाए टिकट, प्रदेशसभा उम्मेदवारसँगै पुगेर मनोनयन



पहिलोपोस्ट

अष्टलक्ष्मी 'आउट' भएपछि काठमाडौं-८ मा सुन्दर राजवैद्यले पाए टिकट, प्रदेशसभा उम्मेदवारसँगै पुगेर मनोनयन
फोटो : सुजनबिलिस बज्राचार्य

काठमाडौं : नेकपा एमालेकी अष्टलक्ष्मी शाक्यले काठमाडौं प्रतिनिधिसभा क्षेत्र ८ बाट चुनाव नलड्ने घोषणा गरेपछि शिव सुन्दर राजवैद्यले टिकट पाएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शाक्यलाई टिकट दिएकी थिइन्। तर, उनले चुनाव नलड्ने भनेपछि त्यो ठाउँ खाली भएको थियो। अन्तिम समयमा शिव सुन्दर राजवैद्यलाई एमालेले टिकट दिएको हो। आज उनले ताहाचलस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन्।

उनीसँगै एमालेले वाग्मती प्रदेशसभा ८ 'क' बाट राजेश शाक्य र 'ख' बाट निमा घ्याम्छो तामाङलाई उम्मेदवार बनाएको छ। उनीहरुले पनि राजवैद्यसँगै कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell