PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

मनोनयनका लागि आयोगले तोकेको समय सकियो, अब कतिबेलासम्म हुन्छ दर्ता?



पहिलोपोस्ट

मनोनयनका लागि आयोगले तोकेको समय सकियो, अब कतिबेलासम्म हुन्छ दर्ता?

काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा मनोनयनका लागि तोकेको समय सकिएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले आइतबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म समय तोकिएको थियो।

आयोगले देशभर सामान्य रुपमा मनोनयन दर्ता भएको आयोगले जनाएको छ। तर, मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालमा पुगेकाहरुको भने मनोनयन अबेर सम्म पनि हुने भएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए।

'कार्यालमा पुगेकाहरुका लागि समय एक दुई घण्टा थप हुन सक्छ,' उनले भने।

निर्वाचन आयोगले बाढी पहिरोका कारण उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक आउन नसकेको अवस्थामा सहजीकरण गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन जारी गरेको छ। 

निर्वाचन कार्यक्रम अनुसार आयोगले आजै उम्मेदवारको सूची प्रकाशन गर्नेछ। प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सिटका लागि आज मनोनयन भएको हो। 

उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गतेका लागि तोकिएको छ। यस्तै, जाँचबुझ गर्ने समय असोज २५ गतेलाई तोकिएको छ भने नाम फिर्ता लिने समय असोज २६ गतेका लागि तोकिएको छ। २६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै, सोही दिन उम्मेदवारले निर्वाचन चिह्न पाउने छन्।

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको नामावली असोज २२ गते नै प्रकाशन गरेको थियो। निर्वाचन आयोगलाई दलहरुले मनोनयका लागि एक दिनको साटो दुई दिन सम्म लम्ब्यउन सुझाव दिएको भए पनि आयोगले भने एक दिन मात्रै मनोनयका लागि समय तोकेको हो।  स्थानीय तह निर्वाचनका लागि मनोनयन गर्ने समय दुई दिन तोकेको भए पनि व्यवहारिक नभएपछि यसपटक एक दिनमा मनोनयन सक्ने गरि आयोगले कार्यतालिका बनाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell