PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

महन्थ ठाकुरविरुद्ध महोत्तरी ३ मा तमलोपा अध्यक्ष वृषेशचन्द्र लालको उम्मेदवारी



पहिलोपोस्ट

महन्थ ठाकुरविरुद्ध महोत्तरी ३ मा तमलोपा अध्यक्ष वृषेशचन्द्र लालको उम्मेदवारी

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरविरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष वृषेशचन्द्र लालले उम्मेदवारी दर्ता गराएका छन्।

साविकमा तमलोपा स्थापनाकालदेखि साथ दिँदै आएका लालले पछिल्लो समय लोसपा त्यागेर आफ्नै नेतृत्वमा तमलोपा दर्ता गराएका थिए।

लालले पनि महोत्तरी ३ मै उम्मेदवारी दर्ता गराएपछि ठाकुरलाई असहज हुने स्थिति देखिएको छ। लोसपामा लाल वरिष्ठ उपाध्यक्ष थिए।

त्यस्तै, लोसपा नेता शरतसिंह भण्डारीले महोत्तरी २ बाट उम्मेदवारी दर्ता गराउँदा तमलोपाका वरिष्ठ नेता डा विजय कुमार सिंहले पनि उनीविरुद्ध उम्मेदवारी दिएका हुन्।

सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले सो क्षेत्रमा अध्यक्ष ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तमलोपाका अध्यक्ष लालले उनीविरुद्ध उम्मेदवारी दिएका छन्।

यसअघि, २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष ठाकुर महोत्तरी ३ र नेता भण्डारी महोत्तरी २ बाट प्रतिनिधि सभा सदस्य बनेका थिए। प्रदेश सभातर्फ लोसपाबाट महोत्तरी ३ (क)मा अभिराम शर्मा र ३(क) मा रानी शर्मा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् भने तमलोपाबाट प्रदेश सभा २ (क) मा इद्रीश राईन र २ (क) मा रामकृपाल साहले उम्मेदवारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell