PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

दिपक सिंहलाई राजेन्द्र लिङ्देनको फोन : कमल थापाको चुनाव चिह्न के हो?



निशा गुरुङ

दिपक सिंहलाई राजेन्द्र लिङ्देनको फोन : कमल थापाको चुनाव चिह्न के हो?

हेटौंडा : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभातर्फको मनोनयन दर्ता आज सम्पन्न भएको छ। केही स्थानमा भने अझै पनि मनोनयन दर्ता जारी छ।

मकवानपुरमा पनि स्वतन्त्रदेखि सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर - १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिपक सिंहले उम्मेद्वारी दर्ता गराए। उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा चुनावी मैदानमा छन्। नेकपा एमालेको समर्थनमा सूर्य चुनाव चिह्न लिएर उनी लड्दैछन्। गठबन्धन तर्फबाट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय 'डिना'ले मनोनयन पत्र दर्ता गराएकी छन्।

आइतपा उम्मेद्वारी दर्ता गराएलगत्तै बाहिर निस्किएका सिंहलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले फोन गरेका थिए। लिङ्देनले सिंहलाई फोन गरेर कमल थापाको विषयमा सोधेका थिए।

फोन संवादका क्रममा सिंहले लिङ्देनलाई कमल थापा कुन चुनाव चिह्नबाट लड्दैछन् भनी प्रश्न गरेका थिए।

लिङ्देनको जवाफ थियो, ‘उहाँ सूर्यबाट लड्ने भयो। हाम्रो धेरै राम्रो छ। हाम्रो मान्छेहरु सबै यतै छन्।’

एमालेले कमल थापालाई टिकट दिएपछि एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालय नै तोडफोड र तालाबन्दी गरेकोले आफूहरुलाई सहज हुने तर्क लिङ्देनसँग सिंहले प्रस्तुत गरेका थिए।

सिंह उम्मेद्वारी दर्तामा क्रममा निकै उत्साहित देखिएका थिए। कमल थापाले उम्मेद्वारी दर्ता गराउन पुग्दा सिंहले थापाका समर्थकलाई भोट चाँहि आफूलाई हाल्न आग्रह गरेका थिए।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका सिंह थोरै मतान्तरले मात्रै पराजित भएका थिए। पराजित भए पनि उनले ल्याएको मतबाट हेटौंडामा राप्रपाको स्थिति बलियो भएको अनुमान लगाइएको छ। प्रतिस्पर्धामा उनी तेस्रो बनेका थिए। पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी मीना लामासँग उनी करिब २५०० मतले हारेका थिए। त्यसैले पार्टीले उनैलाई नै संघीय निर्वाचनमा पनि उम्मेदवार बनाएको राप्रपाका स्थानीय नेताहरु बताउँछन्।

स्थानीय तह निर्वाचनमा पराजयसँगै यसअघिको चार वटा निर्वाचनमा पनि उम्मेदवार बनेर पराजित भएका उनी यसपटक पाँचौँपटक मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ बाट राप्रपाका तर्फबाट उम्मेद्वार भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell