PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

टिकट नपाएपछि कांग्रेस नेता अजय कुमार द्विवेदीले दिए स्वतन्त्र रुपमा उम्मेदवारी



पहिलोपोस्ट

टिकट नपाएपछि कांग्रेस नेता अजय कुमार द्विवेदीले दिए स्वतन्त्र रुपमा उम्मेदवारी

वीरगंज : नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजय कुमार द्विवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी परित्याग गर्दै पर्सा १ बाट द्विवेदीले प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको पारिवारिक पृष्ठभूमि रहेका द्विवेदीले लोसपा नेता लक्षमणलाल कर्णलाई सत्तारुढ गठबन्धनले टिकट दिएपछि आफू स्वतन्त्रमा उठ्ने निर्णयमा पुगेका बताए।

उनले भने, ‘म पनि विद्यार्थी राजनीतिक कालदेखि पार्टीलाई सघाउँदै आएको छु, जनतासँग राम्रो सम्बन्ध छ, काम पनि विगतमा गरेर देखाएको छु, टिकट दिँदा एक पटक पनि मसँग विचार गरिएको छैन, फोनमा सोधिएको पनि छैन।’

उनी कुनै समय कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वसनीय पात्रको रुपमा चिनिने गर्थे। तर, पछिल्लो समय उनले शेखर कोइराला प्यानललाई साथ दिएका थिए। त्यसैले देउवाले उनलाई टिकट नदिएको चर्चा नेता कार्यकर्तामाझ छ।

द्विवेदीकी श्रीमति डा सुष्मा तिवारी द्विवेदीको समानुपातिकमा नाम सिफारिस भएपनि उनको नाम फिर्ताको लागि पार्टी सचिवालयमा निवेदन दिइसकेको र आगामी चुनावी प्रचार कार्यक्रममा आफूलाई सघाउने निधो गरिसकेको पनि द्विवेदीले स्पष्ट पारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell