PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा कुन नेता कहाँबाट लड्दैछन् ?



पहिलोपोस्ट

कास्कीका तीनवटा निर्वाचन क्षेत्रमा कुन नेता कहाँबाट लड्दैछन् ?

पोखरा : आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारहरुले आज मनोनयन दर्ता गराएका छन् । 

तीनवटा क्षेत्र रहेको कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र गठबन्धन बिच प्रतिस्पर्धा हुँदै छ। प्रतिनिधिसभा तर्फ कास्की १ मा एमालेका मनबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उनी एमाले कास्कीका अध्यक्ष हुन्। उनको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल छन्। बराल कास्की कांग्रेसका सभापति पनि हुन् । 

यस्तै कास्की २ मा विद्या भट्टराईलाई दोहोराएको छ एमालेले। उनको प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बराल छन्। यस्तै कास्की ३ मा एमालेका दामोदर बैरागी चुनावमा होमिंदा माओेवादी केन्द्रका रामजीप्रसाद बराल प्रतिस्पर्धामा छन्। बराल गण्डकीका बहालवाला अर्थमन्त्री पनि हुन्।

त्यस्तै प्रदेश तर्फ कास्की १ (क) बाट खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन्। उनको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता दीपक कोइराला छन्। कोइराला गण्डकीका पूर्व प्रदेशसभा सदस्य हुन्। यता कास्की १(ख)मा एमालेका बेदबहादुर गुरुङ मैदानमा छन् भने नेपाली कांग्रेसबाट दीपक गुरुङ।

कास्की २(क)मा एमालेका भिम कार्की चुनावी मैदानमा हुँदा माओवादी केन्द्रका तर्फबाट बिश्वप्रकाश लामिछाने छन्। त्यस्तै २(ख)मा एमालेबाट मिना गुरुङ र कांग्रेसबाट बिन्दुकुमार थापा प्रतिस्पर्धामा छन् । दुबै पुर्वसांसद हुन्।

कास्की ३ (क)मा एमालेका गणेशमान गुरुङ र माआवादी केन्द्रका दुर्गादत्त भण्डारी प्रतिस्पर्धामा छन्। यता ३(ख) मा एमालेका राजीब पहारी र कांग्रेसका प्रकाश बरालबिच प्रतिस्पर्धा हुँदैछ।।

एमालेकै सहायतामा मनाङेको उम्मेदवारी 

सत्ताफेरबदलमा निर्णयक भूमिका खेलेका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। गण्डकीमा एमालेको गुरुङ सरकार ढलाउन सहायता गरेका मनाङेलाई निर्वाचनमा भने सहयोग गर्ने भएको छ। उनलाई निर्वाचनमा कांग्रेस र एमाले दुबैले सहयोग गर्दै छन्। उनले यसअघि पनि एमालेकै समर्थनमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचन जितेका थिए।

पुर्व पर्यटन राज्यमन्त्रीको कास्कीमा बागी उम्मेदवारी 

यता कास्की २ मा गठबन्धनले एकीकृत समाजवादीवा बाट श्रीनाथ बराललाई उम्मेदवार उठाएपछी बागी उम्मेदवारी परेको छ। पूर्व पर्यटन राज्यमन्त्री रहेका कांग्रेस महादेव गुरुङले बागी उमेदवारी दिएका हुन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell