PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

एमालेले दिएको टिकट त्याग्दै प्रभु साहले रौतहट -३ बाट किन दिए स्वतन्त्र उम्मेदवारी?



पहिलोपोस्ट

एमालेले दिएको टिकट त्याग्दै प्रभु साहले रौतहट -३ बाट किन दिए स्वतन्त्र उम्मेदवारी?

वीरगंज :नेकपा एमालेका नेता प्रभु साहहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। प्रतिनिधिसभा निर्वाचनका लागि साहले एमालेले दिएको टिकट त्याग्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

एमालेले जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेको भन्दै उनी चिडिएका हुन्। साह सुरुदेखि नै जसपालाई प्रति सकारात्मक छैनन्। त्यसैले जसपासँगको तालमेको विरोधमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

नेता कार्यकर्ताहरुले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराउन सुझाएपछि आफू उक्त निर्णयमा पुगेको उनले प्रतिक्रिया दिएका छन्।

'घोटालै घोटालोमा डुबेको पार्टीले तालमेल गरेपछि म स्वतन्त्र उम्मेदवारी दिन बाध्य भए' उनले सामाजिक सञ्जालमा लेखेका छन्।

एमालेबाट सो क्षेत्रमा अरु कसैले पनि उम्मेदवारी दर्ता गराएका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell