PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

उम्मेदवारीपछि शशांक कोइरालाले भने : प्रधानमन्त्रीको उम्मेदवार हुन पहिले त जित्नुपर्‍यो



पहिलोपोस्ट

उम्मेदवारीपछि शशांक कोइरालाले भने : प्रधानमन्त्रीको उम्मेदवार हुन पहिले त जित्नुपर्‍यो
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका पूर्व महामन्त्री डा शशांक कोइरालाले आफू प्रधानमन्त्रीको उम्मेदवार भएको बताएका छन्। नवलपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएपछि कोइरालाले उक्त दाबी पेश गरेका हुन्।

आफू नवलपुर क्षेत्रको विकासको सपना बोकेर पुन मैदानमा आएको उल्लेख गर्दै उनले भने, ''यो चुनावपछि अर्को एउटा सपना छ। यो अहिले भन्न त उपयुक्त हुन्न। तर प्रधानमन्त्रीको पोस्टको लागि पनि मैले सोचेको छु।'

उनको भनाई आउनसाथ सञ्चारकर्मीले क्रस क्वेसन गरे - तपाई प्रधानमन्त्री पदको उम्मेदवार हो?

तुरुन्तै उनले जवाफ फर्काए : एक किसिमले हो। तर अहिले भन्न त उपयुक्त हुन्न। पहिले त जित्नुपर्छ। अनि पार्टीमा छलफल हुनुपर्छ।

शशांक कोइराला प्रधानमन्त्रीको लाइनमा हुनुहुन्छ भनेर प्रेसले बुझ्नुपर्‍यो हैन? अर्को प्रश्नको सामना गरे उनले।

जवाफमा शशांकले प्रतिप्रश्न गरे, 'लाइनमा त छु नि म। तीन तीन चोटि जितिसके। महामन्त्री भइसकें। अब जाने ठाउँ कहाँ?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell