PahiloPost

May 22, 2025 | ९ जेठ २०८२

पर्सा १ मा वनमन्त्री यादवको दाबी : म एक्लै गोल हान्छु



पहिलोपोस्ट

पर्सा १ मा वनमन्त्री यादवको दाबी : म एक्लै गोल हान्छु

वीरगंज : वनमन्त्री एवं जसपा नेता पर्सा क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले–जसपा गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा उनले उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति पर्सामा दलबलसहित पुगेर उनले उम्मेदवारी दर्ता गराए। मधेश प्रदेशका मुख्यमन्त्री, वीरगंज महानगरका मेयर राजेशमान सिंहसहित सिमसिमे पानी परिरहेको बेला छाता ओढेर उम्मेदवारी दर्ता गर्न पुगेका थिए।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले भने, ‘मेरो लडाईँ कसैसँग छैन, म चुनाव अवश्य जित्छु, ५ वर्ष जनताको घरआँगनमा गएर नोकरजस्तो काम गरेको छु, बेला आएको छ, जनताले ज्याला दिने, उहाँहरुले दिनुहुन्छ भन्ने पूर्ण विश्वास छ।’ तपाईसँगै तपाईको क्षेत्रमा लोसपाका लक्ष्मणलाल कर्ण, कांग्रेसका वागी उम्मेदवार अजयकुमार द्विवेदीको उम्मेदवारी परेको छ,के भन्नु हुन्छ? भन्ने प्रश्नमा मन्त्री यादवको जवाफ थियो, 'लोकतन्त्रमा जसले पनि प्रतिस्पर्धामा आउन मिल्छ, म एक्लै गोल हान्छु, हेर्नू होला।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell