PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फौजीलाई नेता बन्ने रहर : किन पूर्व प्रहरी राजनीतिमा तानिँदै छन्?



सविन ढकाल

फौजीलाई नेता बन्ने रहर : किन पूर्व प्रहरी राजनीतिमा तानिँदै छन्?

काठमाडौं : नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय नजिकै गाडी टक्क रोकियो। निधारमा रातो टीका अनि हँसिलो मुहार बनाएर ओर्लिए पूर्व डीआईजी रमेश खरेल। त्यसपछि उनका पछिपछि केही युवाहरु लागे। परबाट झट्ट हेर्दा कुनै मिसनका लागि जुटेको प्रहरी झै देखियो। 'सिंघम' छवि बनाएका पूर्व प्रहरी खरेलसहितको उपस्थिति 'फौजी' देखिन्थ्यो।  

यस्तो दृश्य आइतवार प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा देखिएको हो। सुशासन पार्टी नेपालका अध्यक्षसमेत रहेका खरेल दलबलसहित काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उम्मेद्वारी दर्ता गर्न पुगेका हुन्। मंसिर ४ गते हुने निर्वाचनमा उनी विजयी भए भने प्रतिनिधिसभा सदस्य बन्नेछन्। पूर्व प्रहरीको पहिचानबाट सांसदमा रुपान्तरण हुन सक्छन्।

राजनीतिमा लागेका व्यक्ति भ्रष्ट हुँदा जनताले दु:ख पाएकाले लगातार २९ वर्ष प्रहरी सेवामा लागेका खरेल निर्वाचनमा होमिएको बताए। ३० वर्ष फैजी संगठनमा ग्रुम भएका खरेल एकाएक राजनीतिमा तानिए। सरकारले डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनले पूर्व आईजी सर्वेन्द्र खनाल र पूर्व एआईजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा उत्तीण गरेका थिए। तर, आईजी नियुक्तिमा राजनीतिज्ञ हाबी हुँदा खरेलभन्दा अगाडि खनाल आएपछि उनीले राजिनामा दिँदै राजनीति रोजेका हुन्।

राजनीतिक हस्तक्षेपले विकृति निम्त्याएको बताउँदै आएका खरेलको लागि जितसँगै सफा राजनीतिज्ञ बन्ने ठूलो चुनौती तेर्सिएको छ।

'संसदमा ल ब्रेकरमात्र धेरै भए, ल मेकर कम भएकाले त्यसको लागि मेरो उम्मेदवारी हो,' खरेलले भने।

खरेल मात्र होइन उनका प्रहरीभित्रका व्याची, अर्को रुपमा भन्नुपर्दा आइजीका प्रतिस्पर्धी सर्वेन्द्र खनालले पनि उम्मेदवारी दिएका छन्। असोज ६ गते नेकपा एमाले प्रवेश गरेका खरेललाई काठमाडौं क्षेत्र नम्बर ६ बाट टिकट पाए।

खनाल दुई वर्षअघि समाजवादी पार्टी फुटाउन पूर्वमन्त्रीसमेत रहेका सांसद सुरेन्द्र यादवको राजनीतिक 'अपहरण'मा मुछिएका व्यक्ति हुन्। खनाल एमाले नेता महेश बस्नेत र हाल नेकपा एकीकृत समाजवादीमा रहेका किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए। तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए।

खनाल २०७४ चैत २७ गते २६ औं आइजीका रुपमा नियुक्त भएका थिए। २०७६ माघ २८ गते उनले अवकाश पाएका थिए। अवकासको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आवद्ध भएका छन्। अपहरण काण्ड हुँदा त्यतिबेला ओली नेतृत्वको सरकार रहेको थियो।

२०७४ असोज २० गते नेपाल प्रहरीका तत्कालीन डीआईजी नवराज सिलवाल नेकपा एमाले प्रवेश गरेका थिए। नेकपा एमाले काठमाडौं जिल्ला कमिटिले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सिलवाललाई टीका र माला लगाएर पार्टी प्रवेश गराएका थिए। यतिखेर पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिरहेको थियो। गृह मन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका विमलेन्द्र निधिले सम्हालेका थिए।

तत्कालीन सरकारले जयबहादुर चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल त्यसविरुद्ध अदालत गएका थिए। कार्यसम्पादन मूल्याङ्कनमा चन्द सिलवालभन्दा पछाडि रहेको भन्दै अदालतले रोकिदिएपछि सरकारले प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो। अदालत गएकाले सिलवाललाई सरकारले एआईजीमा समेत बढुवा गरेन। अदालतबाट पनि न्याय नपाएको भन्दै सिलवालले राजीनामा दिएका थिए। सरकार र अदालतले आफूलाई आइजी हुन रोकेको भन्दै उनी राजनीतिमा होमिए। अरुले आफूले जस्तै राजनितिबाट दु:ख नपाउन् भनेर राजनीतिमा होमिएका सिलवाल २०७४ को प्रतिनिधिसभा ललितपुर क्षेत्रबाट विजयी भए। सरकारप्रतिको आक्रोश र एमालेको गठबन्धनमा रहेका सिलवालले नेपाली कांग्रेसका कडा प्रतिस्पर्धी उदय शम्मेर जबरालाई पराजित गरे। तर उनको पाँच वर्ष कार्यकालमा खासै चर्चामा रहेनन्। उनी फेरी सोही क्षेत्रमा एमालेबाट दोहोरिएका छन्। यस बिच सिलवाल मिटरव्याजी प्रकरणमा मुछिएका छन्।  

नेपाल प्रहरीका पूर्ववरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साह  पनि राजीनामा दिएर राजनितिमा होमिएका थिए। गएको स्थानीय तहमा उनी स्वतन्त्रबाट उठेका थिए। साहले निर्वाचन हुनुभन्दा चार महिना अगाडि नै राजीनामा बुझाएर चुनावमा होमिएका थिए। फागुन १० गते गृह मन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो। साहले निर्वाचनमा आफ्नो नगरको मेयर पदमा उम्मेदवारी दिने तयारी गरेर नै राजीनामा दिएका थिए। धनुषाको विदेह नगरपालिकाबाट उनले उम्मेदवारी दिने भनेका थिए। नेपाली काङ्ग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि उनले राजीनामा दिएका थिए। तर टिकट नदिएपछि स्वतन्त्र उठेका थिए। तर उनी मेयर बन्न भने सकेनन्।

किन हुन्छन् असफल?

फौजी मोर्चाबाट चुनावी मोर्चामा जाने पूर्व प्रहरीको सूची लामै छ। पञ्चायतकालका चर्चित प्रहरी डीबी लामा, खड्गजित बरालदेखि देखि ध्रुवबहादुर प्रधानसम्म चुनावी राजनीतिमा सक्रिय रहेको पाइन्छ। २०५६ सालको आम निर्वाचनमा प्रधान नवलपरासी ४ बाट चुनाव लडेका थिए। तर जित हासिल गर्न सकेनन्। त्यस्तै पूर्व एआईजी गणेश राईले पनि दुई वर्ष राजनीतिमा बिताए। बाबुराम भट्टराईको नेतृत्वमा बनेको नयाँ शक्ति पार्टीमा उनी आवद्ध भएका थिए।

'म ट्राफिक प्रहरीमा हुँदा बाबुराम भट्टराईसँग काम गर्ने मौका मिल्यो। त्यसपछि उहाँले म अवकास भएको समयमा नै पार्टी खोल्नु भयो। त्यसपछि आउन आग्रह गर्नुभयो। अवकाशपछि केही गर्नुपर्ला भनेर लागेको हुँ,' पूर्व एआईजी गणेश राईले भने।

नयाँ शक्तिमा लागेका राईले दुई वर्षभन्दा बढी समय राजनीतिमा बिताउन सकेनन्। उनले राजीनामा दिएर फरक बाटोमा पूर्णविराम लगाए। आफूले सोचेको जस्तो राजनीति नरहेकाले छोडेको उनको भनाइ छ। राजनीति फोहोरी खेल जस्तै लाग्न थालेको अनुभव उनले सुनाए।

'राजनीति हात्तीको देखाउने दाँतजस्तै रहेछ। बाहिर एउटा सिद्धान्तको कुरा, भित्र अर्कै हुँदो रहेछ। सोचे अनुसारको रहेनछ राजनीति,' पूर्व एआईजी राईले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell