PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

रहेनन् 'नेताजी' : ३ पटक उत्तर प्रदेशका मुख्यमन्त्री बनेका मुलायम सिंह यादवको निधन



पहिलोपोस्ट

रहेनन् 'नेताजी' : ३ पटक उत्तर प्रदेशका मुख्यमन्त्री बनेका मुलायम सिंह यादवको निधन
Photo : ABP LIVE

भारतको समाजवादी पार्टीका संस्थापक एवम् उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ। गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत् उनको ८२ वर्षको उमेरमा निधन भएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अक्टोबर २ मा अस्पताल लगिएको थियो।

सन् १९८७ मा उत्तर प्रदेशको जसवन्तनगर विधानसभाबाट पहिलोपटक निर्वाचन लडेका उनी सन् १९८९ मा उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए। सन् १९९३ मा उनी दोस्रोपटक उत्तर प्रदेशका मुख्यमन्त्री बनेका थिए। सन् १९९६ मा लोकसभामा निर्वाचित उनी १९९८ सम्म युनाइटेड फ्रन्ट सरकारमा रक्षा मन्त्री बनेका थिए। सन् २००३ मा उनी फेरि उत्तर प्रदेशका मुख्यमन्त्री बनेका थिए। सन् २०१९ मा उनले फेरि लोकसभा निर्वाचनमा जित हासिल गरेका थिए।

मुलायमलाई भारतीय राजनीतिमा 'नेताजी' भनेर सम्बोधन गर्ने गरिन्थ्यो। नेताजीको निधनमा भारतकी राष्ट्रपति द्रोपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाञ्जली दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell