PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

यी हुन् कांग्रेसका ९० उम्मेदवार, पदाधिकारी कहाँबाट भिड्दै?



पहिलोपोस्ट

यी हुन् कांग्रेसका ९० उम्मेदवार, पदाधिकारी कहाँबाट भिड्दै?

काठमाडौं : सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले यसपटक प्रतिनिधि सभाको निर्वाचनका लागि ९० स्थानमा आफ्नो उम्मेदवार उभ्याएको छ। सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएपछि कांग्रेसको केही सिट बढेको हो। सबै उम्मेदवारले आइतवार नै मनोनयन दर्ता गरिसकेका छन्।

पदाधिकारी कहाँबाट भिड्दैछन्?

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट उम्मेदवार बनेका छन्। यो देउवाको सातौपटकको उम्मेदवारी हो। देउवाले पत्नी आरजु देउवा राणामार्फत उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट उम्मेदवार बनेका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट उम्मेदवार बन्दा अर्का उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट उम्मेदवार बनेका छन्।

महामन्त्री गगन थापा काठमाडौं ४ बाट उम्मेदवार बनेका छन्। सर्लाही ४ मा जाने तयारी गरे पनि थापा यसपटक यही क्षेत्रमा चुनावमा होमिएका छन्। यता अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट उम्मेदवार बनेका छन्।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बनेका छन्। सहमहामन्त्री उमाकान्त चौधरी बारा १ बाट उम्मेदवार बनेका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना मकवानपुर १ बाट उम्मेदवार बनेकी छिन्। अर्का सहमहामन्त्री भीष्मराज आङ्दम्बे पाँचथरबाट चुनावी मैदानमा उत्रिएका छन्। अर्का सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट उम्मेदवार बनेका छन्। अर्का सहमहामन्त्री महेन्द्र यादव धनुषा ४ बाट चुनावी मैदानमा छन्।

कांग्रेसका अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुर, जीवन परियार समानुपातिक उम्मेदवार छन्। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत पनि समानुपातिक उम्मेदवार छन्।

को कहाँबाट?

१ पाँचथर       भीष्मराज आङ्दम्बे

२ इलाम २      डम्बर खड्का

३ झापा १      विश्वप्रकाश शर्मा

४ झापा ३      कृष्णप्रसाद सिटौला

५ झापा ४      देउकुमार थेबे

६ झापा ५      खगेन्द्र पाण्डव अधिकारी

७ संखुवासभा    दीपक खड्का

८ तेह्रथुम       सीता गुरुङ

९ धनकुटा      सुनिल थापा

१० मोरङ १     डिकबहादुर लिम्बु

११ मोरङ २     सुजाता कोइराला

१२ मोरङ ३     सुनिल शर्मा

१३ मोरङ ६     शेखर कोइराला

१४ सुनसरी २    सीताराम मेहता

१६ सुनसरी ३    विजयकुमार गच्छदार

१५ सुनसरी ४    ज्ञानेन्द्रबहादुर कार्की

१६ सोलुखुम्बु    बलबहादुर केसी

१७ ओखलढुंगा   रामहरि खतिवडा

१८ उदयपुर १   डा नारायण खड्का

१९ सप्तरी १    रामदेव साह तेली

२० सप्तरी ३    दिनेशकुमार यादव

२१ सप्तरी ४    तेजुलाल चौधरी

२२ सिराह १     पद्मनारायण चौधरी

२३ सिराह २     चित्रलेखा यादव

२४ धनुषा २     रामकृष्ण यादव

२५ धनुषा ४     महेन्द्र यादव

२६ महोत्तरी ४    महेन्द्रकुमार राय यादव

२७ सर्लाही ४    नगेन्द्रकुमार राय

२८ रौतहट २    मोहम्मद फिर्दोस् आलम

२९ रौतहट ४    देवप्रसाद तिमल्सिना

३० बारा १      उमाकान्त चौधरी

३१ पर्सा २      अजयकुमार चौरासिया

३२ पर्सा ३      सुरेन्द्र चौधरी

३३ पर्सा ४      रमेश रिजाल

३४ रामेछाप     कान्छाराम तामाङ

३५ सिन्धुली १   श्यामप्रसाद घिमिरे

३६ रसुवा         मोहन आचार्य

३७ धादिङ      रामनाथ अधिकारी

३८ नुवाकोट     अर्जुननरसिंह केसी

३९ काठमाडौं १   प्रकाशमान सिंह

४० काठमाडौं ३   सन्तोष चालिस

४१ काठमाडौं ४   गगन थापा

४२ काठमाडौं ५   प्रदीप पौडेल

४३ काठमाडौं ६   भीमसेनदास प्रधान

४४ काठमाडौं १०  राजन केसी

४५ भक्तपुर २   दुर्लभ थापा

४६ ललितपुर १  उदय शम्शेर

४७ काभ्रे २      शिवप्रसाद हुमागाई

४८ सिन्धुपाल्चोक २      मोहनबहादुर बस्नेत

४९ मकवानपुर १ महालक्ष्मी उपाध्याय डिना

५० चितवन १   डा विश्व पौडेल

५१ चितवन २   उमेश श्रेष्ठ

५२ गोरखा १    राजेन्द्र बजगाई

५३ मनाङ       टेकबहादुर गुरुङ

५४ कास्की १    किशोरदत्त बराल

५५ तनहुँ १     रामचन्द्र पौडेल

५६ तनहुँ २     शंकर भण्डारी

५७ स्याङ्जा १   राजु थापा

५८ स्याङ्जा २   धनराज गुरुङ

५९ नवलपरासी पूर्व १    डा शशांक कोइराला

६० नवलपरासी पूर्व २    विष्णुकुमार कार्की

६१ मुस्ताङ      योगेश गौचन थकाली

६२ म्याग्दी      खमबहादुर खर्बुजा

६३ पर्वत        अर्जुन जोशी

६४ गुल्मी १     चन्द्र भण्डारी

६५ पाल्पा १     ज्ञानबहादुर गाहा

६६ अर्घाखाँची    पुष्पा भुसाल

६७ रुपन्देही ३   बालकृष्ण खाण

६८ रुपन्देही ४   प्रमोदकुमार यादव

६९ रुपन्देही ५   भरतकुमार शाह

७० कपिलवस्तु २ सुरेन्द्र आचार्य

७१ कपिलवस्तु ३ सुरेन्द्रप्रताप शाह

७२ दाङ ३      दीपक गिरी

७३ बाँके २      सुदिपनरसिंह राना

७४ बाँके ३      किशोरसिंह राठौर

७५ बर्दिया १    सञ्जय गौतम

७६ नवलपरासी पश्चिम १  विनोद चौधरी

७७ नवलपरासी पश्चिम २  देवेन्द्रराज कँडेल

७८ मुगु        एनबहादुर शाही

७९ दैलेख २     दिक्पाल शाही

८० सुर्खेत १     पूर्णबहादुर खड्का

८१ सुर्खेत २     हृदयराम थानी

८२ बाजुरा      बद्री पाण्डे

८३ अछाम २    पुष्पबहादुर शाह

८४ कैलाली १    रामजनम चौधरी

८५ कैलाली ४    बीरबहादुर बलायर

८६ कैलाली ५    डिल्लीराज पन्त

८७ दार्चुला      दिलेन्द्र बडु

८८ डडेलधुरा     शेरबहादुर देउवा

८९ कञ्चनपुर २  एनपी साउद

९० कञ्चनपुर ३  रमेश लेखक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell