अतरिया : बडा दशैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। कैलालीको गोदावरी नगरपालिका-४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो।
पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेको उनले बताए।