PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

२०औँ महाधिवेशन अगाडि सीपीसी पोलिटब्युरोको अन्तिम ‘प्लेनम’



पहिलोपोस्ट

२०औँ महाधिवेशन अगाडि सीपीसी पोलिटब्युरोको अन्तिम ‘प्लेनम’
फोटो: सिन्ह्वा

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा चीन छ। अक्टोबर १६ देखि बेइजिङमा हुने महाधिवेशन अगाडि सीपीसीको १९औँ केन्द्रीय कमिटीको सातौँ प्लेनरी सेसन बेइजिङमा आइतवारदेखि शुरु भएको छ। यो प्लेनरी सेसनले सीपीसीको आगामी पाँच वर्षको रोडम्याप तयार गर्ने ग्लोबल टाइम्सले जनाएको छ।

प्लेनरी सेसनमा पार्टीका महासचिव सी चिनफिङले पार्टी पोलिटब्युरोको तर्फबाट कार्यप्रतिवेदन पेश गरेका छन्। यो रिपोर्टमाथि छलफलपछि संशोधनसहित २०औँ महाधिवेशनमा पेश हुनेछ। महाधिवेशनले सीपीसीको पाँच वर्ष कार्ययोजनासहित विधान संशोधन गर्ने छ।

सीपीसीको ९ सेप्टेम्बरमा भएको पोलिटब्युरोले सातौँ प्लेनरी सेसनका लागि तीन वटा प्रतिवेदनलाई छलफलका लागि पेश गर्ने निर्णय गरेको थियो। जसमध्ये विधान संशोधन, कार्य प्रतिवेदन र आगामी पाँच वर्षको कार्ययोजना रहेका छन्।

प्लेनरी सेसन अगाडि शुक्रवार सीपीसीको अनुशासन आयोगले २०औँ महाधिवेशनका प्रतिनिधिहरुको मुल्यांकन गर्दै स्वीकृत गरेको प्लेनमपछि जारी वक्तव्यमा उल्लेख छ। आयोगले प्लेनरी सेसनमा प्रतिनिधिहरुको सूची बुझाउने छ।

आगामी महाधिवेशनबाट सीपीसीको २०औँ केन्द्रीय कमिटी, अनुशासन आयोग निर्वाचित गर्ने छ। आगामी आइतवारदेखि बेइजिङमा शुरु हुने महाधिवेशनमा दुई हजार २९६ प्रतिनिधिहरु सहभागी हुने छन्।

यो महाधिवेशनले पार्टीले आगामी ५ वर्षमा लिने मुख्य कार्ययोजना, रणनीतिक कार्यहरु तय गर्ने र यसले देशलाई आधुनिकतामा डोहोर्‍याउने महासचिव सीले बताएको चाइना डेलीले जनाएको छ।

सांघाईस्थित इस्ट चाइना नर्मल युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक छि वेपिङले राष्ट्रिय पुनर्जागरणतर्फको यात्रामा पार्टीले असन्तुलित र अपर्याप्त विकासको समस्या समाधान गर्न र साझा समृद्धिको खोजीमा जनतालाई एकताबद्ध गर्दै अगुवाइ गर्ने बताएका छन्। उनले एक अर्ब चालिस करोड जनसंख्याको जीवनस्तर सुधारको काम गर्ने बताएका छन्।

९ करोड ६० लाख पार्टी सदस्यबाट महाधिवेशनका लागि अन्तरिक प्रजातान्त्रिक अभ्यासमार्फत दुई हजार २९६ प्रतिनिधि छनोट भएका छन्। जुन हरेक ४२ हजार सदस्य बराबर एक हुन आउँछ। प्रतिनिधि छनोटका लागि ३८ वट निर्वाचन इकाइ मार्फत जुलाई देखि नोभेम्बरसम्म प्रतिनिधि छनोट भएका थिए।

महाधिवेशन प्रतिनिधिको औसत उमेर ५२.२ रहेका छन्। जसमध्ये अधिकांश १९७८ को परिवर्तन र तथा खुलापन पछि पार्टीमा जोडिएकाहरु रहेको सीपीसीको संगठन विभागले जनाएको छ। त्यस्तै, कुल प्रतिनिधिमध्ये २७ प्रतिशत महिला रहेका छन्। जुन २०१७ को महाधिवेशनमा भन्दा २.८ प्रतिशतले बढी हो। त्यस्तै, ११.५ प्रतिशत देशका ४० अल्पसंख्य समूहका सदस्य रहेको बताइएको छ। सहभागी प्रतिनिधिमध्ये ९५ प्रतिशतले जुनियर कलेज वा उच्च शिक्षा हासिल गरेका रहेको उल्लेख छ।

संगठन विभागको तथ्यांक अनुसार ३६.६ प्रतिशत नेतृत्व तहमा तथा अग्रपंक्तिमा कार्यरत सदस्य रहेका छन्। जसमध्ये ८५ वर्षीय इपिडिमियोलोजिस्ट झोङ नानसान, अन्तरिक्षयात्री वाङ याफिङ, विन्टर ओलम्पिक पदक विजेता वु ताचियाङ र सु मेङकताओलगायतका छन्। त्यस्तै, फायर फाइटर लि सेङलीसमेत छन्। जसले ११ हजार बढी आगलागीका घटनामा ३० हजार बढी मानिसको ज्यान जोगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell