PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बाढीको आलोचनाबाट बच्‍न मलेसियाली प्रधानमन्त्रीले गरे संसद विघटन



पहिलोपोस्ट

बाढीको आलोचनाबाट बच्‍न मलेसियाली प्रधानमन्त्रीले गरे संसद विघटन
फोटो : दी स्टार

मलेसियाका प्रधानमन्त्री इस्माइ साबरी याकोबले सोमवार त्यहाँको संसद विघटनको घोषणा गरेका छन्। संघीय संविधानको धारा ४० (२०) (बी) र धारा ५५ (२) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राजा याङ दी पेर्टुआनले संसद विघटन गरेका हुन्।

प्रधानमन्त्री याकोबले आफ्नो अनुरोधमा सोमवार अक्टोवर १० देखि संसद विघटन भएको टेलिभिजन सम्बोधनमा भनेका छन्

६२ वर्षिय याकोब २०१८ यताका तेस्रा प्रधानमन्त्री हुन्। 'चोर बाटोबाट बनेको सरकार'को आरोप याकोब नेतृत्वको सरकारलाई लाग्दै आएको छ। सन् २०१८ मा भएको निर्वाचनमा उनको पार्टी युनाइटेड मलाया नेशनल अर्गनाइजेसन पराजित भएको थियो। तर, निर्वाचन पछिको अस्थिर राजनीतिका कारण उनी देशकै कार्यकारी बनेका थिए।

निर्वाचन २०२३ को तेस्रो महिनामा मात्र हुने छ। तर, प्रधानमन्त्री माथि अग्रिम निर्वाचनको माग भइरहेको छ।

गत डिसेम्बरमा मलेसियामा आएको शताब्दीकै ठूलो बाढीका कारण सयौँ घरबार बिहीन भएका थिए। त्यस्तै ठूलो बाढी आगामी दुई महिनाको अन्तरालमा आउनसक्ने त्यहाँको मौसम विभागले चेतावनी दिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell