PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पोखरा आइपुग्यो नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी, तालबाराही मन्दिरको परिक्रममा गराइयो



पहिलोपोस्ट

पोखरा आइपुग्यो नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी, तालबाराही मन्दिरको परिक्रममा गराइयो
फोटो : उमेश पुन

पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरा आइपुगेको छ। आइतवार पोखरा आइपुगेको ट्रफीलाई आज सोमवार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनावरण गरेका छन्।

पोखराको मानवअधिकार चोकमा आज बिहान एक कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री पोखरेलले ट्रफीको अनावरण गरेका हुन्। कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्रीले गण्डकीका खेलाडीले ट्रफी गण्डकीमा नै राख्ने गरी प्रर्दशन गर्न आग्रह गरेका छन्।

‘नवौँमा सहभागी सबै खेलाडी र टिमले पदक जितेर ट्रफी उचाल्ने स्वार्थ र हक छ। तर, यसमा गण्डकीको पनि स्वार्थ रहेकोले ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न म खेलाडीहरुलाई आग्रह गर्दछु। उहाँहरुले उत्कृष्ट प्रदर्शन गरेर गण्डकीमा राखिदिनु भयो भने यो हामी सबैका लागि सम्मान हुनेछ,’ मुख्यमन्त्री पोखरेलले भने।

ट्रफीलाई तालबाराही मन्दिरको परिक्रमा गराइयो

चार दशकपछि पोखरामा पुन: नवौँ चार राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगिताको दोस्रो खेलकुद कार्यक्रम २०४० मा पोखराले सम्पन्न गरेको थियो।

त्यसको चार दशकपछि घरेलु मैदानमा खेल आयोजना गर्न पाएको पोखरा यतिबेला तयारीमा व्यस्त छ। त्यस्तै, प्रतियोगिताको ट्रफी यसअघि अन्य छ वटा प्रदेशमा टुर गराइएकोमा पोखरा ल्याएपछि धार्मिकस्थलमा पनि लगिएको छ।

फोटो : राधिका कँडेल


ट्रफीलाई आज बिहान तालबाराही मन्दिरको परिक्रममा गराएर मन्दिरमा पुर्‍याइएको थियो। सो कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङ उपस्थित थिए।

जनार्दन शर्माले गरे ह्यान्डबल खेलको उद्घाटन

आइतवारदेखि सुरु नवौँ राष्टिय खेलकुद प्रतियोगिताका केही खेल सुरु भएको छ। आइतवार महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दुई खेल भएको थियो।

९ टोलीको सहभागिता रहेको सो खेलमा आइतवार पहिलो खेल कर्णाली प्रदेश र विभागीय टोली नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा भएको थियो भने दोस्रो खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेशबिच भएको थियो।

यस्तै, सोमवार प्रतियोगिता अन्तर्गत ह्याण्डबल खेल पनि सुरु भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेपछि खेल सुरु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell