काठमाडौं : हाँडीगाउँको जात्रा अवलोकनको लागि नेपाली कांग्रेसका नेता प्रदीप पौडेल हाँडीगाउँ पुगेका छन्। पौडेलले जात्रा अवलोकनका साथै स्थानीयहरुसँग भेट पनि गरेका थिए।
पौडेल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्छ।
जात्रा अवलोकनका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि पुगेका थिए। सो क्रममा पौडेल र बालेनबिच भेट भएको थियो।
लिच्छवि कालदेखि चलिआएको मानिएको यो जात्रालाई चोकटे नारायण जात्रा पनि भनिन्छ। जात्रा कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइन्छ।
नेपालको अरु कुनै ठाउँमा नहुने किसिमको गजुर मुनि र गजुरभन्दा माथि देवताको मूर्ति हुने भएकोले यसलाई कहीँ नभएको जात्रा भनिएको हो। जात्रामा तीन वटा रथ वा खट हुन्छ।