PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

देउवाकै उमेर नागरिकता र मतदाता परिचय पत्रमा फरक - फरक, मनोनयन के होला?



पहिलोपोस्ट

देउवाकै उमेर नागरिकता र मतदाता परिचय पत्रमा फरक - फरक, मनोनयन के होला?

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उमेर मतदाता परिचयपत्र र नागरिकतामा फरक फरक रहेको पाइएको छ। देउवाको उमेर फरक नागरिकता र मतदाता परिचयपत्ररमा फरक हेको भन्दै उम्मेदवारी खारेजाका लागि निर्वाचन अधिकृत कार्यालयमा उजुरी परेको छ। वीपी कांग्रेसका उपाध्यक्षसमेत रहेका सोही क्षेत्रका उम्मेदवार कर्ण मल्लले देउवाको उम्मेदवारी खारेजका लागि उजुरी दिएका हुन्। मतदाता परिचयपत्रमा देउवाको जन्म मिति वि.स.२००२ जेठ ३१ गते छ भने नागरिकतामा २००३ जेठ ३१ गते।

उजुरीबारे के होला?

निर्वाचन आयोगले भने उमेर विवादको उक्त उजुरीबारे सम्बन्धित ठाउँको निर्वाचन अधिकृतले निर्णय गर्ने बताएको छ। 'निर्वाचन अधिकृतले यस बारेमा निर्णय गर्नुहुन्छ,' आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने। आयोगले उम्मेदवारबारे उजुरी दिने सोमबार १० देखि ३ वजे सम्मको समय तोकेको थियो। निर्वाचन आयोग ऐन २०७४ दफा १३ मा उम्मेदवारको अयोग्यताबारे उल्लेख छ। तर, त्यसमा उमेर फरक परेमा के हुने भन्नेबारेमा भने केहि उल्लेख छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell