PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

प्रतिनिधि सभा र प्रदेश सभाको ४९५ सिटमा ६ हजारको उम्मेदवारी, प्रत्यक्षमा महिला उम्मेदवार न्यून



पहिलोपोस्ट

प्रतिनिधि सभा र प्रदेश सभाको ४९५ सिटमा ६ हजारको उम्मेदवारी, प्रत्यक्षमा महिला उम्मेदवार न्यून

काठमाडौंः आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ६ हजारको उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधि सभाको १६५ सिटका लागि दुई हजार ५२६ र प्रदेश सभाको ३३० सिटका लागि तीन हजार ४७६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट प्रारम्भिक मनोनयनको जानकारी प्राप्त भइसकेको बताए।

जसअनुसार प्रतिनिधि सभामा कूल दुई हजार ५२६ मा पुरुष उम्मेदवार दुई हजार २९१ जना रहेका छन्। यस्तै महिला उम्मेदवार २३५ जना रहेका छन्।

यस्तै, प्रदेश सभाको ३३० सिटमा कूल तीन हजार ४७६ जनाले उम्मेदवारी दिएका छन्। जसमा पुरुष उम्मेदवार तीन हजार १७८, महिला २९७ र अन्य १ जना रहेको आयोगले जनाएको छ।

आइतबार सम्पन्न मनोनयनमा सोमबार उम्मेदवारी उपर उजुरीको समय दिइएको छ। उजुरीपछि पनि उम्मेदवारी फिर्ता लगायतका प्रक्रिया पूरा भएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell