PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

पर्सामा चार क्षेत्रमा १६७ जनाको उम्मेदवारी, ८८ जना स्वतन्त्र उम्मेदवार, कुन क्षेत्रमा को?



पहिलोपोस्ट

पर्सामा चार क्षेत्रमा १६७ जनाको उम्मेदवारी, ८८ जना स्वतन्त्र उम्मेदवार, कुन क्षेत्रमा को?

वीरगंजः पर्सामा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १६७ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यसमध्ये ८८ जना स्वतन्त्र उम्मेदवार छन्।

पर्सा १ मा प्रतिनिधि सभामा २३ जनाले उम्मेदवारी दिएका छन् जसमा स्वतन्त्र उम्मेदवार १२ छन्। यसैगरी, प्रदेश सभामा १ (क) बाट १८ जनाको उम्मेदवारी परेको छ। जसमा १२ जना स्वतन्त्र उम्मेदवार छन्। १ को (ख) बाट २१ जनाको उम्मेदवारी परेको छ। त्यसमा १३ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए।

यस्तै क्षेत्र नं २ मा प्रतिनिधि सभामा ११ जनाको उम्मेदवारी परेको छ। जसमा तीन जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत सुशील देवकोटाले बताए।  २ को (क) मा ९ जनाको उम्मेदवारी परेकोमा पाँच जना स्वतन्त्र र (ख) बाट १४ जनाको उम्मेदवारी परेकोमा ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा पाँच जना स्वतन्त्र  उम्मेदवार रहेको निर्वाचन अधिकृत योगनाथ ढकालले बताए। उक्त क्षेत्रको प्रदेशतर्फ (क) मा १३ जना उम्मेदवारमध्ये ८ जना स्वतन्त्र र (ख) मा १४ उम्मेदवारमध्ये ८ जना नै स्वतन्त्र उम्मेदवार छन्।

यसैगरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा १२ जनाको उम्मेदवारी परेको छ। जसमा पाँच जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन अधिकृत रमेश श्रेष्ठले बताए। प्रदेशतर्फ (क) मा १० जना उम्मेदवारमध्ये तीन जना स्वतन्त्र र (ख) मा ११ जनामध्ये पाँच स्वतन्त्र छन्।

पर्सा १ बाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट लोसपाका लक्ष्मणलाल कर्ण उम्मेदवार छन्। नेकपा एमाले –जसपा गठबन्धनबाट जसपाका प्रदीप यादव उम्मेदवार छन्। यो क्षेत्रमा नेपाली काङ्ग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

१ को (क) बाट सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका रहबर अन्सारी उम्मेदवार छन्। जसपा–एमालेबाट एमालेका विचारी यादव उम्मेदवार छन्। यसैगरी, (ख) मा सत्तारूढ गठबन्धनका रामनारायण कुर्मी उम्मेदवार छन् भने जसपा–एमाले गठबन्धनबाट जसपाका लालबाबु राउत गद्दी उम्मेदवार छन्।

क्षेत्र नम्बर २ मा प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट कांग्रेसका अजयकुमार चौरसिया उम्मेदवार छन्। प्रदेश सभा (क) मा कांग्रेसका श्याम पटेल र (ख) मा लोसपाका रमेश कुर्मी उम्मेदवार छन्। यसैगरी जसपा–एमाले गठबन्धनबाट जसपाका सुरेन्द्रप्रसाद कुर्मी प्रतिनिधि सभामा र प्रदेश सभा (क) मा जसपाका रामनरेश यादव र (ख) मा एमालेका हरेराम पटेल उम्मेदवार छन्।

क्षेत्र नम्बर ३ मा सत्तारूढ गठबन्धनबाट प्रतिनिधि सभामा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी उम्मेदवार छन्। प्रदेशको (क) मा माओवादीका छोटेलाल प्रसाद र (ख) मा कांग्रेसका जनार्दनसिंह क्षेत्री उम्मेदवार छन्। (ख) मा सत्तारूढ गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) का प्रह्लाद गिरीको पनि उम्मेदवारी परेको छ। एमाले-जसपा गठबन्धनबाट पर्सा ३ मा राजुकमार गुप्ताले प्रतिनिधि सभामा र प्रदेशमा (क) बाट एमालेका मन्जुर अन्सारी, र (ख) मा जसपाबाट मधु गुप्ताको उम्मेदवारी परेको छ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट कांग्रेसका रमेश रिजालको उम्मेदवारी परेको छ। जसपा-एमाले गठबन्धनबाट प्रतिनिधि सभामा जालिम मियाँको उम्मेदवारी दर्ता भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell