
काठमाडौं : रुकुम पश्चिम जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अर्थमन्त्रीसमेत रहेका शर्मा सत्ता गठबन्धनका उम्मेदवार हुन्।
उक्त क्षेत्रमा असन्तुष्टि जनाउँदै केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। केसीले उम्मेदवारी दिइसकेपछि त्यहाँका स्थानीय जनसमुदायमाझ आफ्नो चुनावी प्रतिवद्धता जारी गरेका छन्।
केसीको उम्मेदवारीले यस क्षेत्रका कांग्रेस युवाहरुमा उत्साह थपेको बताइएको छ।