PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

उपेन्द्र र कमल थापालाई एमालेले बोकेकोमा भीम रावलको प्रश्न : लौ न के हुन लाग्यो?



पहिलोपोस्ट

उपेन्द्र र कमल थापालाई एमालेले बोकेकोमा भीम रावलको प्रश्न : लौ न के हुन लाग्यो?

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई नैतिकता विषय उठान गर्दै प्रश्न गरेका छन्। सत्ता गठबन्धनमा सामेल जसपा निर्वाचनमा एमालेसँग तालमेल गरी जाँदैछ।

यता रावलले भने टिकट पाएनन्। त्यसैले रावलले सोमवार सामाजिक सञ्जाल ट्वीटरमार्फत यादवमाथि प्रश्न गरेका हुन्। रावलले राप्रपान नेपालका अध्यक्ष कमल थापामाथि पनि प्रश्न गरेका छन्। 'अनैतिकताको नमूनाः कमल थापा एमालेका सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग  गर्ने!'

निर्वाचन आयोगले यसबारे प्रष्ट पार्नुपर्ने उनको माग छ। दुई पार्टीलाई एमालेले बोकेकोमा रावलले अचम्मसमेत मानेका छन्। 'निर्वाचन आयोगलेले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell