PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

करेन्ट लागेर पर्सामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर पर्सामा दुई जनाको मृत्यु

वीरगंज : पर्सामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमवार बेलुका साढे ६ बजे वीरगंज वडा २६ मा घरमा प्लास्टर गर्ने क्रममा धोबिनी गाउँपालिका वडा नं. ३ हरिहरपुरका सैफुल्ला अंसारीको मृत्यु भएको हो।

३० वर्षीय अंसारीको रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लामा प्लास्टर गर्ने विद्युतको पोलको तारमा अचानक करेन्ट लागी मृत्यु भएको प्रहरीले जनायो।

त्यसैगरी वीरगंज.९ रानिघाट बस्ने ६० वर्षीय ६० धुर्बप्रसाद साहको मृत्यु भएको छ । वीरगंज ८ बसपार्कस्थित शत्रुधन सराफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने साहको विद्युतीय तारमा करेन्ट लाग्दा भुईमा लडी घाइते भएको र तत्कालै उपचारको लागि आसाराम अस्पतालमा वीरगंज पठाइएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell