PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

हुम्लामा हेलिकप्टर उड्न सकेन, उद्धारको पर्खाईमा रहेकी गर्भवतीको मृत्यु



रासस

हुम्लामा हेलिकप्टर उड्न सकेन, उद्धारको पर्खाईमा रहेकी गर्भवतीको मृत्यु
प्रतीकात्मक फोटो

सिमकोट : चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ। खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको हो। छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।

उद्धारका लागि सोमवार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो। मौसमका  सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्किएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell