PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा गाईलाई राष्ट्रिय जनावार घोषणा गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतद्वारा खारेज



पहिलोपोस्ट

भारतमा गाईलाई राष्ट्रिय जनावार घोषणा गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतद्वारा खारेज

भारतको सर्वोच्च अदालतले गाईलाई भारतको राष्ट्रिय जनावर घोषणा गर्नुपर्ने माग सहित परेको रिट खारेज गरिदिएको छ। सो रिटमा भारत सरकारलाई गाईलाई राष्ट्रिय जनावर घोषणा गर्न आदेश दिनुपर्ने माग गरिएको थियो।

अहिले भारतको राष्ट्रिय जनावर 'बंगाल टाइगर' हो। पछिल्लो समय नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सत्ता बलियो भन्दै गएपछि गाईलाई राष्ट्रिय जनावर बनाउनुपर्ने माग उठ्दै आएको थियो।

रिट दर्ता गराउने वकिलले भने गाईको संरक्षणका लागि राष्ट्रिय जनावर घोषणा हुनुपर्ने माग राखेका थिए। सर्वोच्च अदालतले रिट दायर गर्ने याचिकाकर्ता रिट फिर्ता लिन भनेको थियो। तर, उनले नमाने पछि न्यायाधीश एस के कौलको इजलासले रिट नै खारेज गरेको हो। सोमबार कौलले 'के राष्ट्रिय जनावर घोषणा गर्ने काम अदालतको हो?' भन्दै याचिकाकर्तालाई नै प्रश्न सोधेको थियो।

कौलले रिट दर्ता गर्ने व्यक्तिलाई आफ्नो मौलिक अधिकार भन्दैमा अदालतमा जे पनि मुद्दा लिएर आएको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए।

कौलले राष्ट्रिय जनावर बारे अदालतले निर्णय नगर्ने भन्दै यो काम सरकारलाई नै छाड्ने बताएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell