PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो



पहिलोपोस्ट

सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्यो

काठमाडौं : सुनचाँदीको मूल्य फेरि घटेको छ। सोमवारको भन्दा सुन तोलामा १२ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवारका लागि बजार मूल्य प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको छ। सोमवार सुन तोलामा ८ सय रुपैयाँले घट्दै प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतवार सुन तोलामा ३ हजार रुपैयाँले बढेर ९६ हजार रुपैयाँ पुगेको थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। मंगलवार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएको छ। सोमवार चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलवार सुन प्रतिऔँस १६३२.८१ डलर र चाँदी १९.६५ डलरमा छ। सोमवार सुन प्रतिऔँस १६८६.१२ डलर र चाँदी १९.७२ डलर थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell