PahiloPost

May 21, 2025 | ८ जेठ २०८२

'महापुरुष' को ट्रेलरमा दुई पुस्ताबिचको सम्बन्धको कथा



पहिलोपोस्ट

'महापुरुष' को ट्रेलरमा दुई पुस्ताबिचको सम्बन्धको कथा

काठमाडौं : मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ। कात्तिक ११ गतेदेखि प्रदर्शन हुने यस फिल्मको ट्रेलरमा दुई पुस्ताको बिचको भावनात्मक सम्बन्धलाई देखाइएको छ।  

पारिवारिक कथामाथि बनेको फिल्मको ट्रेलरमा श्रीमती गुमाएका एक पुरुषले आफ्ना सन्तानका लागि गरेको संघर्षलाई देख्न सकिन्छ। साथै ती एकल पुरुषले अर्को बिहे गर्न खोज्दा परिवारमा आउने उतावचडावको कथा फिल्मले समेटेको छ।

फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, लगायतको अभिनय छ। फिल्ममा प्रदीप भट्टराईको लेखनसँगै निर्देशन रहेको छ। सोसल ड्रामा ‘महापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग गर्नेछ।

षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने फिल्ममा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन्। फिल्ममा कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन्। निर्देशक भट्टराई र निर्माता बानियाँले यसअघि प्रदीप भट्टराईको निर्देशन रहेको ‘जात्रा र जात्रै जात्रा’ मा सहकार्य गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell