
काठमाडौं: फिल्म ‘कौसीद’ को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको यो फिल्म पुस १५ गते प्रदर्शन हुने पक्का भएको हो।
यसअघि यो फिल्मले जेठ २७ का लागि प्रदर्शन मिति तोकेको थियो। तर, प्राबिधिक कारण भन्दै रिलिज डेट पोस्टपोन्ड गरिएको थियो।
कुमार भास्कर निर्देशित यस फिल्ममा ऋचाका साथै भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ।
बड पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्म ‘कौसीद’ का निर्माता केदार भुसाल हुन। त्यसैगरि, कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।
नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको फिल्मले ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथा समेटेको छ।