PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोदावरी नगरपालिकामा ज्वरो आएका ४५० बिरामीमध्ये १३२ जनामा देखियो डेंगी



रासस

गोदावरी नगरपालिकामा ज्वरो आएका ४५० बिरामीमध्ये १३२ जनामा देखियो डेंगी

ललितपुर : गोदावरी नगरपालिकामा ज्वरो आएका चार सय ५० व्यक्तिमध्ये एक सय ३२ जनामा डेंगी देखापरेको छ।

गोदावरी नगरपालिकाका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नम्बर ३, ११, १२, र १४मा  डेंगीको बढी सङ्क्रमण देखिएकाले नियन्त्रणका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ।

रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी गरिराखेको उनको भनाइ थियो।

अहिले नगरपालिकामा डेंगीको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ। नेपालमा ३३ हजार ९७५मा डेंगी सङ्क्रमण भएकामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell