PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

कर्णालीमा आएको बाढी बस्तीमा पसेपछि राजापुर र गेरुवाका एक हजार चार सय घर डुबानमा



रासस

कर्णालीमा आएको बाढी बस्तीमा पसेपछि राजापुर र गेरुवाका एक हजार चार सय घर डुबानमा
फाइल फोटो : सरोज कामत/रासस

बर्दिया : पछिल्लो साताको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका एक हजार चार सय घर डुबानमा परेका छन्। सो क्षेत्रका अधिकांश बासिन्दा विस्थापित भएका छन्।

विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए। बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ। गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल्ने र हिलोले पुर्ने गरेको गेरुवा वडा नम्बर ४ का किसान भूमिसरा चलाउनेले बताए।

धानको क्षति भएकाले यसवर्ष पनि आफूहरु बिचल्लीमा परेको अर्का किसान सुन्दरी थरुनीले बताइन्। गतवर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको उनको गुनासो थियो।

मानवीय क्षति भएको छैन तर धानबाली, खाद्यन्न र घर क्षति भएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारुले बताए। उनका अनुसार  कर्णाली नदी व्यवस्थापन आयोजनामा पर्याप्त बजेट नआउँदा नदीको व्यवस्थापन हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell