PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हुम्लाको चङ्खेली गाउँपालिकामा पहिरोले पुरिँदा चार जनाको मृत्यु, पाँच जना घाइते



रासस

हुम्लाको चङ्खेली गाउँपालिकामा पहिरोले पुरिँदा चार जनाको मृत्यु, पाँच जना घाइते
फाइल फोटो।

हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका-६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ। पहिरोमा परि पाँचजना घाइते भएका छन्। घाइतेको उद्धार गरिएको छ।

लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए। उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन्। घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन।

घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट तीन दिन पैदल हिँड्नुपर्छ। स्थानीय शाहीका अनुसार घाइते पाँच जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। अहिले पनि झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell