PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

विवेकशीलका निवर्तमान प्रवक्ता हरिश भट्टले मागे प्रदीप पौडेलका लागि मत



पहिलोपोस्ट

विवेकशीलका निवर्तमान प्रवक्ता हरिश भट्टले मागे प्रदीप पौडेलका लागि मत
फोटो : हरिश प्रसाद भट्ट/फेसबुक

काठमाडौं : विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता हरिश प्रसाद भट्टले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलका लागि मत मागेका छन्। उनले मंगलवार सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता पौडेलका लागि मत मागेका हुन्।

कांग्रेस केन्द्रीय सदस्य पौडेल काठमाडौं-५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। यही क्षेत्रबाट नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उम्मेदवार खडा गरेको छ।

विवेकशील साझाका निवर्तमान प्रवक्ता भट्टले एमाले उम्मेदवार पोखरेललाई भ्रष्टाचार र लुटतन्त्रको प्रतीकको रुपमा चित्रित गरेका छन्। उनले लुटतन्त्रका प्रतीक पोखरेलाई हराउन कांग्रेस उम्मेदवार पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी रहेको पनि उल्लेख गरेका छन्।

‘ईश्वर पोखरेल पछिल्लो ५ वर्षमा भ्रष्टाचार र लुटतन्त्रको प्रतीक हो। ७४ सालको चुनावमा उज्वल दाइ उठ्दा मैले क्षेत्र नम्बर ५ मा चुनावी अभियान गर्दा पोखरेलका कुकृत्य नजिकबाट देखेको थिएँ। पछि कम्युनिस्ट सरकारमा सबैले देखे’, भट्टले लेखेका छन्, ‘यसपटक लुटतन्त्रका प्रतीक पोखरेलाई हराउने हो भने प्रदीप पौडेललाई सबै लोकतन्त्र पक्षधर उम्मेदवारले सघाउन जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell