PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बागी उम्मेदवारी फिर्ता लिन निर्देशन, नलिए गठबन्धन दलहरुबाटै निष्कासन गर्ने चेतावनी



पहिलोपोस्ट

बागी उम्मेदवारी फिर्ता लिन निर्देशन, नलिए गठबन्धन दलहरुबाटै निष्कासन गर्ने चेतावनी

काठमाडौं : सत्ता गठबन्धनले बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन चेतावनी दिएको छ। आज बसेको गठबन्धनको बैठकले सो चेतावनी दिएको हो।

गठबन्धनले निर्वाचन आयोगले निर्धारण गरेको समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने जनाएको छ।

गठबन्धनले विज्ञप्तिमार्फत भनेको छ, ‘पार्टी निकायहरुले पनि यो निर्देशन कार्यान्वयन गराउन सम्पूर्ण प्रयास गर्नु हुनेछ। निर्वाचन आयोगद्वारा निर्धारित समयसीमा असोज २६ गते दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरुले उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीहरुले निष्कासन गर्ने व्यहोरा अवगत गराइन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell