PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

एक लिटर पानीको अधिकतम मूल्य १६ रुपैयाँ, बढी लिए कारबाही गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

एक लिटर पानीको अधिकतम मूल्य १६ रुपैयाँ, बढी लिए कारबाही गर्ने सरकारको निर्णय

काठमाडौंः १ लिटर (बोतल) पानीको अधिकतम १६ रुपैयाँभन्दा बढी नलिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको छ। विभागले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाएपछि व्यावसायीलाई बोलाएर सम्झाएको हो।

काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ। व्यावसायीले भने मनलाग्दी बोतलको पानीको २० देखि ३० रुपैयाँसम्म असुल गर्दै आएका छन्। यस्तै जारको पानीमा ५० देखि ६० रुपैँया असुल गर्दै आएका छन्।

विभागले सोमबार पानी उत्पादक तथा बिक्रेताहरुलाई बोलाएर मनलाग्दी पानी बिक्री नगर्न भनेको थियो। यस्तै व्यावसायीहरुले २० लिटरको जार भनी १९ लिटरको जार बनाएर बिक्री गर्ने गरेको पनि देखिएको छ।

पानीको गुणस्तर पुगे/नपुगेको जारको गुणस्तर भए/नभएको विषयमा विभागले अनुगमन समेत सुरु गर्ने भएको छ।

पानीको मूल्य र गुणस्तको विषयमा विभाग गम्भीर बनेको विभागका महानिर्देशक महेश भट्टराईले बताए।

महानिर्देशक भट्टराईले भने ‘पानीको मूल्य र गुणस्तरको विषयमा व्यावसायीहरुलाई सजग बनाएका छौं, यससँगै अनुगमनलाई पनि अघि बढाउने तयारी गरेका छौं।’

उपत्यकाबाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ मूल्य तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell