PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

बार्दियामा कांग्रेसबाट दुई जनाको उम्मेदवारी, सञ्जय गौतमको कायम



पहिलोपोस्ट

बार्दियामा कांग्रेसबाट दुई जनाको उम्मेदवारी, सञ्जय गौतमको कायम

काठमाडौंः नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ बर्दिया १ मा २ जनालाई टिकट पठाएको खुलेको छ। पूर्वमन्त्री सञ्जय गौतम र बर्दिया कांग्रेसका सभापति अरुणप्रकाश राठौरले यस क्षेत्र टिकट पाएका थिए।

दुबै जनाको उम्मेदवारी परेपछि आफू नै कांग्रेसको आधिकारिक उम्मेदवार भन्दै राठोरले सोमबार गौतमविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।

कांग्रेसले टिकट दिएपछि दुवैले आइतबार मनोनयन दर्ता गराएका थिए । अघि दर्ता गराएकाले गौतमको उम्मेदवारी कायम भएको छ।

मनोनयनपत्र दर्तामा गौतमको ६ र राठौरको ७ नम्बरमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell